Logo

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ



काठमाडौँ, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।

आयोगले आज नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगको टोलीले स्रोत नखुलेको ५० हजार बराबरको रकम समेत प्राप्त गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot