काठमाडौं, २६ जेठ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ७ स्थिति सानो घिउरादेखि जोकाहासम्म जाने सडक स्तरोन्नतिको लागि आर्थिक वर्ष सकिनै लाग्दा उपभोक्ता समिति गठनको तयारी भएको छ । सानो घिउरादेखि विश्वेश्वरप्रसाद कोइराला उच्च माध्यामिक विद्यालय हुँदै जोकाहासम्म जाने सडक स्तरोन्नतिका लागि २०८०/८१ मा ५० लाख बजेट विनियोजन भएको थियो ।
सालभर काम नगरी आर्थिक वर्ष सकिनै लाग्दा गोप्य रुपमा समिति गठन गरेर बजेट निकासाको प्रयास भइरहेको बताइएको छ । नाम उल्लेख नगर्ने शर्तमा सोही वडाका एक व्यक्तिले आर्थिक वर्ष सकिनै लाग्दा समिति बनाएर रकम निकासाको प्रयासमा केही स्थानीय नेताहरु लागि परेका छन् । उनका अनुसार उक्त वडाका कार्यवाहक अध्यक्ष वीरलाल साहलाई प्रलोभनमा पार्ने प्रयास भइरहेको छ ।