Logo

प्रचण्ड भारत उड्नुअघि बालुवाटार पुगे ओली



काठमाडौं,२७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल जारी छ । छलफललगत्तै प्रचण्ड भारत उड्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो भारत जाँदैछन् । मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि शपथ लिँदैछन् ।

प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, भेटमा समसामयिक राजनीतिक, बजेट, प्रदेश सरकार लगायतका विषयमा छलफल भएको हो। 



प्रतिक्रिया दिनुहोस्

Screenshot