Logo

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित



काठमाडौं । कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतबार बसेको प्रदेश सभा बैठकमा सर्वसम्मतरुपमा नीति तथा कार्यक्रम पारित भएको हो । कर्णाली सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ८४ बुँदे नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको थियो ।

निरन्तरको छलफल पश्चात उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रमको छलफलमा २५ जना सांसदले सुझाव दिएका थिए । अधिकांश सांसदहरूले नीति, कार्यक्रम विगतकै निरन्तरता भएको र भाषा र शैली मात्रै बदलिएर आएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्