Logo

अझैपनि पार्टी फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने त्रासमा माधव नेपाल, भन्छन्: अब हाम्रो पालो



काठमाडौं,२७ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले आफ्नो पार्टी फुटाउन अझैपनि अध्यादेश ल्याउनसक्ने आशंका व्यक्त गरेका छन् ।

आइतबार पार्टीले राजधानीमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले जसपा विभाजनपछिको तारे आफूहरुलाई बनाईएको र पार्टी त्यस्को निसानामा परेको जिकिर गरे ।

‘कम्युनिस्ट भनौदाहरु नै कम्युनिस्टलाई सिध्याउन चाहिरहेका छन् । तपाईहरुलाई थाहा छ कि छैन ?’, प्रश्न गर्दै नेपालले भने, ‘एउटा अध्यादेश ल्याएर हाम्रो पार्टीलाई हैसियतमा पुर्‍याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जसपालाई पुर्‍याउने काम भयो, दोस्रो तारो हामी बनेका हौँ । यो यथार्थ बुझेनौँ भने हाम्रो गफले मात्र केही हुनेवाला छैन,’ उनले कुराले चिउरा नबुझ्ने भन्दै यथार्थलाई बुझेर अघि बढ्नुपर्ने बताए ।

गत महिना जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि नेकपा एस पनि विभाजित हुने आकंलन हुँदै आएको छ । एसमा सम्मानीत नेता झलनाख खनालपक्षका अधिकांश नेताहरु विद्रोहको तयारीमा छन् । तर पार्टी गठनको ५ वर्षसम्म विभाजन हुन नसक्ने बाध्यकारी व्यवस्थाका कारण उनीहरु रोकिएको स्रोतले जनाएको छ । तर, सरकारले भने आफूलाई अप्ठ्यारो परेमा सो ऐनलाई संशोधन गरेर भएपनि खनाल पक्षलाई सहज बनाईदिने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्