Logo

अवकाशप्राप्त जर्नेल ईश्वरकुमार श्रेष्ठमाथि जबरजस्ती करणीको आरोप, प्रहरीले जाहेरी अघि नबढाएको पीडितको गुनासो



काठमाडौं, २७ जेठ । चलचित्र शिकारी–१ की निर्माता उमादेवी खत्रीले नेपाली सेनाको अवकाशप्राप्त जर्नेल ईश्वरकुमार श्रेष्ठले जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले श्रेष्ठले पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी हुन् ।

अवकाशप्राप्त जर्नेल श्रेष्ठविरुद्ध आफूले जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दिएको उनले बताईन् । तर, प्रहरीले समेत जाहेरीलाई अगाडि नबढाएको उनको भनाइ छ । आफूहरुबीचको सम्बन्ध १२/१४ वर्ष लामो भएपनि पछिल्लो पटक श्रेष्ठले आफूलाई गत कात्तिकको २३/२४ गते जबरजस्ती करणी गरेको उनको आरोप छ ।

पछिल्लो समय आफूलाई अवकाशप्राप्त जर्नेल श्रेष्ठले धाक धम्की दिने गरेको उनको आरोप छ । श्रेष्ठविरुद्ध प्रहरीले जाहेरी लिनसमेत नमानेको उनले बताईन् ।

पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता युवराज पौडेल ‘सफल’ ले उमाको न्यायका लागि सबैसँग अपिल गरेका छन् । प्रहरीले आफूलाई ‘अनुसन्धान जारी छ, हामी हेरिरहेका छौं’ भन्ने जवाफ दिएको उनले बताए ।

सफलले २४ घण्टाभित्र ईश्वरकुमार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुपर्ने उनको माग छ । साथै, बलात्कारको आरोप लागेका जर्नेल ईश्वरकुमार श्रेष्ठको पेन्सनसमेत रोक्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्