Logo

‘ब्याक बेन्चरहरु उछिट्टिएर राम्रो ठाउँमा पुग्छन्, तर चलाउन सक्दैनन्’



काठमाडौं, २७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उछिट्टिएर राम्रो ठाउँमा पुगेको ब्याक बेन्चरहरुले राम्रो गर्न नसक्ने टिप्पणी गरेका छन् । पूर्वमुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्तिलक्षित गर्दै उनले आफू राम्रो विद्यार्थी रहेको र कानुनमा मास्टर्स गरेको बताए । उनले ब्याक बेन्चरहरु सफल नेता बन्न नसक्ने बताए ।

आज (आइतबार) इटहरी जेसिजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले असल राजनीतिज्ञ बन्नका लागि अध्ययन आवश्यक पर्ने बताए ।

‘मुख्यमन्त्री साथीहरुले म ब्याक बेन्चर थिए भन्नुभयो, कोही ब्याक बेच्चरहरु कहिलेकाही झुक्किएर उछिट्टिएर राम्रो ठाउँमा पुग्छन् । तर चलाउन सक्दैनन, जान्दैनन्, । म राम्रो पढ्ने विद्यार्थी हुँ, मैले कानुनमा मास्टर्स गरेको छु,’– उनले भने ।

मुख्यमन्त्री कार्कीले राजनीति गर्नेहरुले लोभी, चरित्र बिग्रेको र राष्ट्र, राष्ट्रीयता, जनताप्रति नकारात्मक सोच भएको हुन नहुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्