Logo

राष्ट्रिय सभा बैठक बस्दै के-के छन् कार्यसूचीमा ?



काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्ने भएको छ । बैठकमा ‘सवारी दुर्घटना न्यूनीकरण’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

उक्त विषयबारे राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा, जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र शेखरकुमार सिंहले सूचना दिएका थिए ।

त्यस्तै, राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने पनि जनाइएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्