Logo

भारतमा पनि गठबन्धनको सरकार बन्यो, हामी दुवैका अनुभवहरु एकअर्काका लागि फलदायी हुन्छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा पनि गठबन्धनकै सरकार बनेको कारण दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने बताएका छन् । आज (सोमबार) भारत भ्रमणमै रहेका नेपाली सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भारतमा २०१४ र २०१९ कोभन्दा अहिले राजनीतिक समीकरण बनेको बताए । उनले दुवै देशमा गठबन्धनको सरकार रहेको अवस्थामा अझ सहज र एकअर्काका अनुभवहरु फलदायी हुने विश्वास व्यक्त गरे ।

‘अहिले भारतमा पनि गठबन्धनकै सरकार बन्यो । हिजो शपथ ग्रहण भएको पनि गठबन्धनकै सरकारको शपथ ग्रहण हो । त्यसले चाहीँ अझ सहज हुन्छ, हामी दुवैका अनुभवहरु एकअर्काका लागि फलदायी हुन्छन् भन्ने मलाई लागेको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

साथै, नेपाल–भारत सम्बन्धलाई सहज बनाउने र आपसी सहाकार्यलाई अभिवृद्धि गर्ने कुरामा नेपालको तर्फबाट कुनै समस्या नरहेको पनि उनले बताए । भारतमा पनि नेपालमा राजनीतिक समीकरण जे–जस्तो भएपनि नेपाल–भारत सम्बन्धलाई कन्सिस्टेन्ट राख्ने, निरन्तर अगाडि बढाउने कुरामा सरकार, प्रधानमन्त्री, सबै राजनीतिक दलहरु एक रहेछन् भन्ने सन्देश गएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्