Logo

सुदूर सरकार विस्तारमा फेरि रडाको, सिफारिस गरेकालाई मन्त्री नियुक्त नगर्न माओवादीका ५ सांसदको माग



काठमाडौं,२८ जेठ । मुख्यमन्त्री नियुक्त भएको झण्डै २ महिनापछि प्रदेश सरकार विस्तार गर्न लागेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई फेरि सकस परेको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आज बिहान मन्त्रीका लागि सिफारिस गरेका नामप्रति उनकै दलले असन्तुष्टि जनाएपछि सरकार विस्तारमा विलम्ब हुने देखिएको छ ।

सोमबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले सुदूर सरकारमा अक्कलबहादुर रावल, ओमविक्रम भाट र लक्ष्मी विकलाई पठाउने निर्णय गरेको थियो ।

माओवादी सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्तरूपमा मुख्यमन्त्री दीर्घ सोडारीलाई ध्यानाकर्षण बुझाएका हुन् । आज बिहान ११ बजे दलको बैठक आह्वान गरेर मन्त्री सिफारिस गर्ने सल्लाह भएको तर दलको बैठक स्थगित गरेर मन्त्रीको नाम दिएको उनीहरुको दाबी छ ।

यता सत्ता साझेदार दल नेकपा एमालेले भने आज बिहानै सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीको नाम पठाईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्