Logo

मौलापुर नगरपालिकाले तिर्‍यो नगरवासीको ४५ लाख भन्दा धेरै विद्युत महसुल



काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाले पूर्व घोषणा अनुरुप नगरवासीहरुको विद्युत महसुल आफैले तिर्न थालेको छ । सोमबार मौलापुर नगरपालिकाले ४५ लाख भन्दा धेरै रकम तिरिदिएको हो ।

४५ लाख २६ हजार महसुल नगरपालकिाको तर्फबाट मेयर रीनाकुमारी साहले आज विद्युत प्राधिकरणका कर्मचारीलाई हस्तानान्तरण गरेकी छन् । मौलापुरले यसअघि पनि नागरिकको सेवा, सुविधालाई ध्यानमा राखेर विभिन्न कामहरु गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्