Logo

सरकारी कार्यालयमा सेवाग्राही जाँदा राम्रो व्यवहार नभएको भन्दै सांसद पौडेलले गराए संसद्को ध्यानाकार्षण



काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारी कार्यालयमा सेवाग्राही जाँदा राम्रो ब्यवहार नभएको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारी कार्यालयहरुमा पहुँच पुगेका र घुस दिनसक्ने मानिसहरुको मात्रै काम हुने र अरुको काम नहुने गरेको बताएका हुन् । नेता पौडेलले सरकारी कार्यालयले गरेको व्यवहारका कारण धेरै युवाहरु निराश बनेको बताए ।

‘सरकारी कार्यालयहरुमा सेवाग्राही जाँदा राम्रो व्यवहार नहुने, पहुँच पुगेका मानिसहरुको काम हुने, रिसवत बुझाउन सक्ने मानिसहरुको काम हुने, अरुको काम नहुने । विशेषगरी महिला, निमुखा, विपन्न मान्छेहरुलाई असाध्यै ज्यादा हेप्ने, सरकारी कार्यालयले गरेको व्यवहारको कारणले धेरै युवाहरु निराश भएको स्थिति छ,’– उनले भने ।

उनले सेवाग्राहीले लगेको काम सेवा केन्द्रले किन नगरेको हो ? काम नभएको कारण खुलाएर सेवा केन्द्रले लिखित रुपमा जवाफ दिने व्यवस्था गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्