Logo

राष्ट्रिय सभामा पनि उठ्यो सर्वदलीय सरकारको कुरा, कांग्रेस सांसद मिश्रले भने: ढिला नगरौं



काठमाडौं,२९ जेठ । सत्तापक्षबाट प्रमुख प्रतिपक्षी दलमा धकेलिएपछि नेपाली कांग्रेसले सहमतिको सरकार बनाउनुपनेृ कुरा सदनमा उठाउन थालेको छ ।

गतसाता प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सर्वदलीय राष्ट्रिय सहमतिको सरकारको कुरा उठाएका थिए । उनले सहमतिको सरकार बनाएर संविधान संशोधन गर्नुपर्ने धारणा राखेका थिए ।

गौतमले राखेको जस्तै धारण बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद नारायणदत्त मिश्रले पनि राखेका छन् । मिश्रले सर्वदलीय सरकार बनाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन । उनेल सबै दलले संविधान संशोधन गर्न ढिला गर्न नहुने बताए ।

‘सर्वदलीय सरकार गठन गरेर संविधान संशोधन गरौँ, हाम्रो आवश्यकता प्रदेश हो कि होइन ? दिनहुँ सरकार फेरबदल मात्र भइरहेको छ । यो निर्वाचन पद्धतिले सधैँ गठबन्धनमा जान बाध्य बनाएको हो कि ? निर्वाचन प्रणालीमा संशोधन गरौं,’ सांसद मिश्रले भने ।



प्रतिक्रिया दिनुहोस्