Logo

जसपा नेपालको महाधिवेशन: राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरू



जनकपुर, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समूहगत छलफल सुरु भएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन उपर छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आ–आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्नेछन्। प्रत्येक समूहमा १२० जना प्रतिनिधि रहेका छन्।

जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।

महाधिवेशनले २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ। जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५ जना निर्वाचित हुनेछन्। महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चुनिनेछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot