Logo

कार्यक्रमस्थलमै ढलेका वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत क्षेत्रीको निधन



काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

क्षेत्रीले हृदयाघात हुनुपूर्व सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट उद्घाटन समारोहमा उद्घोषकको भूमिका निर्वाह गरेका थिए । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल सहभागी कार्यक्रम समापनपश्चात क्षेत्री एक्कासि बेहोस भएर ढलेका थिए । उनलाई तत्काल उपचारको लागि कर्णाली प्रदेश अस्पताल लगिए पनि उपचारकै क्रममा निधन भएको हो ।

क्षेत्री वीरेन्द्रनगर नगरपालिकामा ०७४ साउनयता कार्यरत थिए । स्थानीय निजामती कर्मचारीमा समायोजन भएपछि उनी वीरेन्द्रनगरमा आएका थिए ।



प्रतिक्रिया दिनुहोस्