Logo

माधवका भाञ्जा युवा संघबाट निष्काशित, संयोजक विक भन्छन्: आफैंले आफैंलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत क्षम्य हुँदैन



काठमाडौं,२९ जेठ । नेकपा एकीकृत समाजवादीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको विवाद सतहमा आईपुगेको छ ।

संघका सहसंयोजक रहेका नितेश पौडेलले गत शनिबार काठमाडौंमा भेलाको आयोजना गर्दै आफैंलाई संयोजक घोषणा गरेपछि विवाद थप सतहमा आएको छ । युवा संघका तत्कालीन अध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेश सभामा सांसद बनेपछि गत भदौंदेखि कृष्णकुमार विकले संयोजक र पौडेलले सहसंयोजकको जिम्मेवारी सम्हाल्दै आएका थिए । फागुनमा महाधिवेशन गर्नेगरि संयोजक र सहसंयोजकको जिम्मेवारी पाएका विक र पौडेलले आन्तरिक टसलका कारण समयमै अधिवेशन गर्न सकेनन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालका सहोदर भाञ्जा रहेका नितेश जसरी पनि संयोजक बन्न चाहन्थे । तर, संघमा सम्मानीत नेता झलनाथ खनाल पक्षको बलियो मत रहेको कारण उनले सहमा चित्त बुझाए । सहसंयोजक भएका पौडेलले यसबीचमा विभिन्न खालका समानन्तर गतिविधि गर्दै आएका छन् । उनले यसअघि गण्डकीका स्वतन्त्र सांसद दीपक मनाङेलाई राखेर समानन्त भेलाको आयोजना गरेका थिए ।

यता पौडेलले आफैंलाई संयोजक घोषणा गरेपछि विक समूहले उनीलगायतका चार जनाई संघबाट निष्काशित गरेको छ । नितेश पौडेल, कार्यालय सदस्यद्वय रोशन थापा र फुर्वा लामा लाई संगठनको सम्पुर्ण जिम्मेवारी वाट निष्कासन गरिसकिएको र पार्टीलाई यस्को जानकारी पठाइसकिएको संयोजक विकले जानकारी दिए ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विकले निजी महत्वकांक्षामा उपयोग गर्न तत्पर केही साथीहरुलाई विभिन्न समयमा गरेका समानान्तर र संगठनको हित विपरितका कामहरुमा खवरदारी गर्ने र रोक्नलाई आग्रह गर्दापनि होटेल अर्यालमा समानान्तर भेला गराएकोमा पार्टीले आत्मआलोचना गर्नलाई निर्देशन पनी गरेको बताएका छन् ।

‘त्यसपछी पनी कहिले समानान्तर गतिविधि त कहिले केन्द्रीय कमिटीको उपलब्ध वैठकको नाममा विधान र पद्वतीमाथी नांगो प्रहार गर्ने क्रममा यही जेठ २६ गते गरिएको कथित राष्ट्रिय कार्यकर्ता भेला अराजकता र व्यक्तिवादको पराकष्ठ हो। वैठक, भेला, सम्मेलन गर्ने आफ्नै विधी र वैधानिक व्यवस्था छ । कमिटी छ र संगठनको नेतृत्व पनी छ । यो सवै विषयलाई लत्याएर गरेको अवैधानीक भेलालाई रोक्नलाई संस्थागत ढंगले निर्देशन गरियो र पार्टी लाई वोधार्थ दिएपछी, पार्टीले समेत रोक्न गरेको निर्देशन लाई अवमूल्यन गरि आफैले आफैलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत कदापी क्षम्य हुनसक्दैन । पार्टी महाधिवेशनको सम्मुखमा छ, पार्टीले वोक्दै गरेको विचार र दृष्टिकोण वाट अतालिएर कतै कम्यूनिष्ट आन्दोलनमा वेलावखत देखिने भड्काव र दक्षिणपन्थी अवसरवाद को ईसारामा त यो सव भैरहेको छैन । हामीलाई गंभिरतापुर्वक सोच्नुपर्ने वनाएको छ। र गतिविधी त्यसतर्फ निरन्तर देखिए पछी कार्यालय कमिटीको बैठकबाट विधानको व्यवस्था भए अनुरुप सहसंयोजक क.नितेश पौडेल, कार्यालय सदस्यद्वय रोशन थापा र फुर्वा लामा लाई संगठनको सम्पुर्ण जिम्मेवारी वाट निष्कासन गरिसकिएको छ र पार्टीलाई यस्को जानकारी पठाइसकिएको छ’ विकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्