Logo

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्री लामिछानेलाई प्रभु साहको सुझाव



काठमाडौं, २९ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालमै रोजगार दिन नसक्ने हो भने भने कुर्सीमा बस्ने अधिकार नभएको भन्दै गृहमन्त्री लामिछानेलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।

नेता साहले आगामी आर्थिक वर्ष २०८१/८२को बजेटमा आफ्नो सुझाव राख्दै नेपालमै रोजगारको सृजना गर्नुपर्ने र विदेशमा रोजगारका लागि गएकालाई नेपाल फर्काएर नेपालमै रोजगार दिनुपर्ने बिषय बजेटमा समावेश नगरिएको टिप्पणी गरे ।

‘रोजगारको अधिकार मौलिक अधिकार हो । अहिले नेपालमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड बनाइएको छ । के नेपालमा रोजगार प्रवद्र्धन गर्न सकिदैन् ? विदेशमा रोजगार प्रवद्र्धन गर्ने तर नेपालमा रोजगार प्रवद्र्धन गर्नै नहुने ?’ गृहमन्त्री लामिछानेलाई संकेत गर्दै साहले भने, ‘तपाईहरुले त भन्नुभएको थियो । लाखौं नेपालीलाई नेपाल ल्याउँछु, फर्काउछु । कार्यक्रममा त देखिएन् । लाखौं नेपालीलाई फर्काउने कार्यक्रम चाहिएको छ यति बेला । यदी तपाईले रोजगारी दिन सक्नुहुन्न भने नैतिकताले त्यहाँ बस्न मिल्दैन् । संविधानले त्यही भन्छ । यदी रोजगार दिनसक्नुहुन्न भने बेरोजगारलाई बेरोजगारी भत्ता दिनुस् । ति बेरोजगारहरु पनि बाँच्न पाउँनुपर्छ । यसमा सरकारको गम्भिरता देखिएन् ।’

यस्तै, नेपालमा कार्यरत घरेलु कामदारको हकअधिकारका लागि कानून निर्माणका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ठुलाबडाको घरमा कार्यरत घरेलु कामदार पनि नेपाली नै भएकाले उनीहरुको बारेमा समेत यो बजेटले सम्बोधन गर्नुपर्ने भए पनि सम्बोधन नभएको साहले बताए ।

‘ठुल्लाबडाको घरमा काम गर्नेहरु (घरेलु कामदार) पनि नेपाली नै हुन् । उसले पनि यो संविधानमा, यो राज्यमा आफ्नो हक राख्छ । तर उनीहरुसंग किन विभेद गरियो ? राज्यको जागिर गर्ने सरकारी कर्मचारीको जागिर स्थायी हुनुपर्ने । फ्याक्ट्र, उधोगमा काम गर्नेको हकअधिकार सुरक्षित हुनुपर्ने । ट्रेड युयिनयनको अधिकार पाउँनुपर्ने’ साहले भने, ‘तर ठुल्लाबडाको घरमा काम गर्नेहरु विश्वासको आधारमा काम गर्नुपर्ने ? जिवन अन्योल र अनिश्चितताको बाँच्नुपर्ने ? निगाहको जिवन बाँच्नुपर्ने ? त्यसमा हामीले सामनता ल्याउँनु हुदैन् ? अहिलेको बजेटमा अपेक्षा गरेका थियौं की तिनीहरुको हकअधिकार सुनिश्चित हुने उनीहरु पनि सम्मानका साथ काम गर्न पाउँने किसिमको हुनुपर्ने तर त्यो देखिएन् । हामी चाहन्छौ घरेलु कामदार सम्बन्धी ठोस कानून ल्याउँनुस् । उनीहरुको भविष्यको ग्यारेनटी गर्नुस् ।’

यस्तै, शिक्षामा असमानता र सम्प्रदायिक रहेको भन्दै उनले नेपालमा गुणस्तरीय शिक्षाको व्यवस्था हुनुपर्ने माग गरे । त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र र भ्रष्टाचार गर्ने अखडा बनेको टिप्पणी साहले गरेका छन् । साहले नेपालको विश्वविद्यालय विहारभन्दा नि गएगुज्रेको भईसकेको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताए ।

‘सम्प्रदायिक सोचबाट माथि उठन जरुरी छ । यो त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र भएको छ । राजनीतिक पार्टीको भागबण्डाको सिकार भएको छ । भ्रष्टाचारको अडा बनेका छन्’ साहले भने, ‘हरेक पालिकामा उच्च शिक्षा चाहिदैन ? कम्तिमा जिल्लामा त आंगिक कलेज दिनुस् । विश्वविद्यालयहरुको स्तर उठाउनुस् । हामी कुनै बेला सुन्थ्यौं बिहारको शिक्षा खराब छ तर अहिले नेपालको विश्वविद्यालयहरु त्यो भन्दा पनि गएगुज्रेको भयो । मान्छेहरुले यहाँ भविष्य देख्नै छोड्यो । विदेश पलाय बढिरहेको छ त्यसलाई रोक्ने गरी बजेट आउँनुपर्थ्यो ।’

किसानका तराई मधेसमा कोल्ड स्टोर निर्माण हुने गरी बजेट आउँनुपर्नेमा त्यस्तो नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्’ साहले भने, ‘तराई, मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ । सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।’ File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot