Logo

जेजीआई डिस्ट्रिब्युसनले ६ महिनामा गर्‍यो सवा ५ अर्बको मदिरा व्यापार



काठमाडौं, २९ जेठ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको जेजीआई डिस्ट्रिब्युसन प्रा.लि.ले ६ महिनामा सवा ५ अर्बको मदिरा व्यापार गरेको छ । सन् २०२४ को ६ महिनामा जेजीआईले ५ अर्ब ११ करोड ८० लाख रुपैयाँको मदिरा व्यापार गरेको हो ।

जेजिआई जावलाखेल ग्रुपको मदिरा तथा पेयपदार्थ वितरक कम्पनी हो । ४० युपी मदिरामा जावलाखेलको देशभरि बलियो उपस्थिति छ । ४० युपीको मदिरा बजारमा गोल्डेन ओकको हिस्सा ठूलो रहेको छ । गत वर्ष कम्पनीको कूल आम्दानीमा गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन ब्रान्डीको ५९ प्रतिशत हिस्सा रहेको बताइएको छ ।

सन् २०१६ मा जावलाखेल ग्रुपले मदिरा व्यापारका लागि जेजिआई स्थापना गरेको थियो । जावलाखेल ग्रुपका पाँचवटा डिस्टिलरीले उत्पादन गरेको मदिरा र बियर जेजिआईले देशभरि बिक्री वितरण गर्दै आएको छ ।

जेजिआईले जावलाखेल ग्रुपअन्तर्गतका हिमालयन डिस्टिलरी लिमिटेड, विजय डिस्टिलरी, एसियन डिस्टिलरी र रोलिङ रिभर डिस्टिलरीले उत्पादन गरेका विभिन्न ब्रान्डको मदिराका साथै राज ब्रुअरीको बडवाइजर बियर बिक्री वितरण गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्