Logo

गिरी परिवारको दाबीः गिरीबन्धु राज्यको सम्पत्ति होईन



काठमाडौं, ३० जेठ । गिरीबन्धु टी स्टेटका सञ्चालक छत्र गिरीले सो जग्गा राज्यको सम्पत्ति नभएको दाबी गरेका छन् । आज (बुधबार) झापाको विर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनले गिरीबन्धु टिस्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको दाबी गरेका हुन् । उनले निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाएको भन्दै आपत्ति जनाए ।

सञ्चालक गिरीले सो जग्गामा २०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनअघि नै गिरीबन्धुले चिया खेती बिस्तार गरेको बताए । उनले दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा कारोबार गरेको पनि बताए ।

हदबन्दी छुट पाएको ५ सय विघा जग्गामध्ये अहिले गिरीबन्धुको नाममा ३ सय ९० बिघा रहेको पनि उनले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्