Logo

बाबुरामले नयाँ दलका नेताहरु भेला पारेलगत्तै प्रचण्ड-ओली सिंहदरबारमा जुटे



काठमाडौं, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता जारी रहेको छ । उनीहरुबीच करिब डेढ घण्टादेखि भेटवार्ता जारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनको बारेमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयत्न गरिरहेका छन् । यसका लागि एमालेले एक जना मन्त्री फिर्ता बोलाउनुपर्ने प्रचण्डको अडान छ ।

एमाले अध्यक्ष ओलीले भने अहिले आफ्ना कुनै मन्त्री पनि फिर्ता नबोलाउने अडान लिएको बताइएको छ । भेटवार्ताका क्रममा प्रचण्ड–ओलीबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ दलका नेताहरुलाई भेला पारेको विषयमा पनि छलफल भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्