Logo

ओली–प्रचण्डको भेटवार्तामा किन मिसिए महान्यायाधिवक्ता पोखरेल ?



काठमाडौं, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा महान्यायाधिवक्ता दिनमणि पोखरेल पनि मिसिएका छन् । आज (बुधबार) एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरबारमा डेढ घण्टाभन्दा लामो छलफल भएको थियो । सोही क्रममा महान्यायाधिवक्ता पोखरेल पनि बैठकमा मिसिएका हुन् ।

प्रचण्ड–ओलीबीच मन्त्रिपरिषद् पूनर्गठनबारे छलफल भएको बताइएको छ । तर, महान्यायाधिवक्ता प्रचण्ड–ओलीको बैठकमा किन मिसिए भन्ने कुरा गोप्य नै राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot