Logo

नेविसंघ स्ववियू परिषद्का पूर्व सभापतिले स्वेच्छाचारी गतिविधि गरेको आरोप



काठमाडौं, ३१ जेठ । नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी यूनियन परिषद्का पूर्व सभापतिमाथि स्वेच्छाचारी गतिविधि गरेको आरोप लागेको छ । स्ववियू परिषद्का पूर्व सचिव धनन्जय रिमालले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय स्ववियू परिषद् सभापतिको नियुक्तिलाई लिएर संघको आधिकारिक निर्णय विपरित परिषद्को अधिकारिक लेटरप्याड र छाप प्रयोग गरी स्वेच्छाचारी गतिविधि गरेको बताएका हुन् ।

पूर्व सभापतिले गरेको स्वेच्छाचारी गतिविधिमा परिषद्का अधिकांश पदाधिकारी एवं सदस्यहरूको सहमति नभएको र २०७५ सालमा गठन भएको स्ववियू परिषद्‌को हालसम्म कुनैपनि बैठक नबसेको उनले बताएका छन् । स्ववियू परिषद्का पूर्व सचिव रिमालले परिषद्का पूर्व सभापति, पदाधिकारी एवं सदस्यहरूलाई विचलित नहुन आग्रह गरेका छन् ।

साथै, स्ववियू परिषद्को सभापतिमा कोटेश्वर बहुमुखी क्यापसका सभापति सञ्जय बुढाथोकी नियुक्त भएको विषय स्वागत योग्य रहेको पनि उनले उल्लेख गरेका छन् । बुढाथोकीको नेतृत्वमा गठन भएको स्ववियू परिषद्लाई यथा शीघ्र बिस्तार एवं पूर्णता दिन आ–आफ्नो तर्फबाट पहल गर्न पनि उनले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्