Logo

मन्त्रिपरिषद्को बैठकअघि प्रचण्ड भेट्न सिंहदरबार पुगे माधव नेपाल



काठमाडौं,३१ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो दुई जनाबीच सिंहदरबारमा भेट भएको हो । अहिले छलफल जारी छ । भेटमा समसामयीक राजनीतिक घटनाक्रम, नयाँ राजदूत नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुनेछ ।

११ देशमा नयाँ राजदूत नियुक्तिबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । यसअघि बुधबार प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्