Logo

गरिबी निवारण मन्त्रालयले गरिबलक्षित कार्यक्रम ल्याउन सकेन: अध्यक्ष साह



काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गरिबि निवारण मन्त्रालयले गरिबसँग सम्बन्धीत योजना ल्याउन नसकेको टिप्पणी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाबैठकमा विभिन्न मन्त्रालयमाथिको छलफलमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका साहले भूमि, व्यवस्था , सहकारी तथा गरिबि निवारण मन्त्रालयले गरिबलक्षित कार्यक्रम ल्याउन नसकेको बताए ।

‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ?’, उनी भन्छन्, ‘सरकारी मन्त्रालयको बजेट त आयो । अब सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् ? सरकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन ?’

स्वास्थ्य बीमाको प्रभावकारिताका विषयमा पनि उनले प्रश्न उठाए । ‘स्वास्थ्य बीमा लिन हैरानी छ । स्वास्थ्य बीमा मजाक बनेको छ’, उनले भने

नेपालका चिकित्सकहरु विदेश जाने फेसन भएको भन्दै उनले थपे, ‘नेपालको दानापानीले पढ्ने र विदेशीको सेवा गर्ने । यसलाई नियमन गर्न नसक्ने हो र ?’

भएका चिकित्सकहरु पनि शहर केन्द्रित हुँदा ग्रामीण भेगका अस्पतालमा बिरामीले उपचार पाउन नसक्ने अवस्था नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।



प्रतिक्रिया दिनुहोस्