Logo

व्यवसायी पाण्डेद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकाल सफलताको शुभकामना



काठमाडौं, ३१ जेठ । उद्योगी एवं व्यवसायी प्रदीपजंग पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो कार्यकाल सफलताको शुभकामना दिएका छन् । व्यवसायी पाण्डेले भारतीय प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै अझै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

उद्योगी एवं व्यवसायी पाण्डेको लागनी औषधि, सिमेन्ट, बैंक तथा वित्त, जलविद्युत तथा पर्यटन क्षेत्र रहेको छ । उनी सफल व्यवसायीको रुपमा चिनिन्छन् । साढे तीन दशकभन्दा लामो समयदेखि विभिन्न व्यवसायमा सक्रिय रहेका पाण्डे समाज सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot