Logo

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ



काठमाडौं,३२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभानमुख घिमिरेले सबै प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन् ।

उनले भने, ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु।’

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा जानकारी गराउन सभामुखबाट रुलिङ माग गरेका थिए।



प्रतिक्रिया दिनुहोस्