Logo

कांग्रेस सांसदको प्रश्नः ‘प्रधानमन्त्रीको भारत भ्रमण पारिवारिक हो कि राजनीतिक ?’



काठमाडौं, ३२ जेठ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य इश्वरीदेवी न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणलाई लिएर प्रश्न गरेकी छन् । आज (शुक्रबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालको उपस्थितिलाई लिएर उनले प्रश्न उठाएकी हुन् । उनले उक्त भ्रमण पारिवारिक हो कि राजनीतिक ? भन्दै प्रश्न उठाईन् ।

‘भ्रमणका फोटोहरु सार्वजनिक भएका छन् । हेर्दा पारिवारिक राजनीतिक या कुन भेटघाट हो ? ठम्याउन सकिँन । पारिवारिक भन्ने हो भने भारतका प्रधानमन्त्रीको कोही सदस्य देखिँदैनन् । राजनीतिक भन्ने हो भने भ्रमणदलका मन्त्री र सदस्यको ठाउँमा पारिवारिक सदस्यको उपस्थिति छ । वान टू वान भन्ने हो भने तेस्रोको अनावश्यक हस्तक्षेप देखिन्छ ।’ उनले भनिन्, ‘यो परिस्थितिमा मेरो देशको प्रधानमन्त्रीको कुरा छिमेकी राष्ट्रले कति गम्भीरता पूर्वक लियो होला ? सहजै अनुमान लगाउन सकिन्छ । भ्रमण दलमा परराष्ट्र सचिव जानुभएको रहेछ । तर, बस्ने स्टाटस पीएको भन्दा पछि राखेको अर्को फोटो सार्वजनिक भयो । यस्ता क्रियाकलापले केही क्षणका लागि प्रधानमन्त्रीको परिवारका सदस्यको उचाइ त बढ्यो होला । देशको उचाइ कहाँ पुग्यो ।’

साथै, विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति पनि उनले आपत्ति प्रकट गरिन् । उनले वर्षमा ३ पटक सरकार परिवर्तन हुने र सो सँगै राजदूत पनि परिवर्तन हुने कुराले राम्रो सन्देश नजाने बताए । File Photo



प्रतिक्रिया दिनुहोस्