Logo

टिकटकको प्रतिबन्ध हटाउन सांसदको माग, असिमले सोधे: बन्द गरेर विकृति हट्यो ?



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सत्तारुढ दलका सांसदले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन् ।

शुक्रबार बसेको बैठकमा बोल्दै रास्वपाका सांसद असिम शाहले टिकटक बन्द गराउँदैमा विकृति नहटेको दाबी गर्दै तत्काल प्रतिबन्ध हटाउन माग गरे ।

‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले भीपीएनबाट ५० लाखले चलाइरहेको अनुमान छ । टिकटिकको विकल्पमा रिल लगायत चलिरहेको छ । अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिवेदन के भयो ?,’ सांसद शाहले भने, ‘बरु दुरसञ्चार प्रदायक कम्पनीले डाटाबाट अरबौं रुपैया गुमाएका छन, सानो व्यवस्था गरेका मर्कामा परेका छन् ।’



प्रतिक्रिया दिनुहोस्