Logo

बजेटप्रति माओवादी सांसदकै असन्तुष्टि, माझीले भनिन्: यस्तो कार्यले यो व्यवस्था जोगाउन सक्दैन



काठमाडौं,३२ जेठ । गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेटमाथि प्रतिनिधि सभामा छलफल जारी छ । बजेटमाथिको मन्त्रालयगत छलफल चलिरहँदा सत्तारुढ दल नेकपा माओवादी केनद्रकै सांसदले बजेटप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबारको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद उर्मिला माझी पौडेलले सरकारले पहँचका आधारमा बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाइन् । उनले अर्थमन्त्री स्वयंले आफ्नो सांसद र पहँच हुनेहरुलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

‘हामीले व्यवस्था बदल्यौँ । नीति र नियत हामीले बदल्न सकेनौँ । ४/५ दिनयता हामी नियमित मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा केन्द्रित छौँ,’ सांसद माझीले भनिन्, ‘यो छलफल सुनिरहँदाखेरी र माननीयज्यूहरूले राखेको धारणा हेरिरहँदा यो बजेट जुन ढंकले विनियोजित भएको छ । यो पहुँचमा केन्द्रित भएर विनियोजित भयो । दूरदराजका जनताको आवश्यकतालाई केन्द्रित गरेर विनियोजित गरेन भन्ने जनताको व्यापक गुनासो आएको छ ।

सांसद पौडेलले सरकारको यस्तो कार्यले यो व्यवस्था नै धरामपा पर्न सकन्े भन्दै चिन्ता व्यक्त गरिन् । जुनसुकै सरकार आएपनि पहँच आफन्तलाई हेर्ने प्रवृति रोक्नुपर्ने उनको भनाइ छ ।

‘व्यवस्था हिजो पनि थियो आज पनि छ । हिजोको व्यवस्थाका शासकहरूले पनि आफू केन्द्रित र आफूअनुकुल बजेट निर्माण गर्थे भने अहिलेका नयाँ मन्त्री र सरकारका निकायले पनि आफ्नो अनुकुल बजेट निर्माण गर्ने प्रक्रियाले यो व्यवस्थालाई सही ठाउँमा पुर्‍याउँदैन,’ सांसद माझीले भनिन् ।



प्रतिक्रिया दिनुहोस्