काठमाडौं । नेकपा एमालेकी सांसद विजुला रायमाझीले समाजमा छोरीहरु सुरक्षीत हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद रायमाझीले गृह र कानूनमन्त्रीलाई प्रश्न गर्दै छोरीहरु कसरी सुरक्षीत हुने भन्दै प्रश्न गरिन् ।
उनले भनिन ‘गृहमन्त्री र कानुन मन्त्रीलाई प्रश्न, नेपालमा अवाला दृष्टिविहिन, बोल्न नसक्ने, असहाय, विपन्न छोरीहरू कसरी सुरक्षित हुन सक्छन्? छोरी यो समाजका सृष्टिकर्ता त हुन् नै तर कसैका बहिनी, श्रीमती, भाउजू, बुहारी, आमा, सासू, माइजू र साथी पनि हुन् भन्ने भावना कहिलेदेखि विकास हुन्छ? छोरी गर्भमा, काखमा, घर, समाज, विद्यालय, कार्यस्थल, गाडी, बाटोमा, पँधेरो, वनजंगलमा कहीँ सुरक्षित देखिएन! यो देशमा छोरीको बारेमा आवाज उठाउने अभियन्ता पनि राज्यबाट असुरक्षित भएभने हामी के गरौँला?’