Logo

कांग्रेस सांसद बजगाईंको माग: बन्दै गरेको संसद् भवनमा मदिरा पिउने बार बनाऔं



काठमाडौं,३२ जेठ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले विदेशी पाहुन र पर्यटकका लागि संसद भवनभित्र ‘सोसलाइजेशन बार’ राख्नु उचित हुने सुझाए ।

उनले भने, ‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ, आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । अधिकांश माननीय मदिरा पिउनु हुन्न, लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ। त्यसको लिमिटेशन हुन्छ। त्यसपछि मैले अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गराउन चाहे।’

सांसद बजगाई पर्यटन व्यवसायी हुन् । प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट निर्वाचित बजगाईंले काठमाडौंमा होटल सञ्चालन गर्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot