Logo

मदरल्याण्डद्वारा आयोजित ईप्सन हिज्जेमा यूनिटी प्रथम, ईडेन द्धितीय



काठमाडौं, ३२ जेठ । ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता–२०८१ सम्पन्न भएको छ । हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

भक्तपुर जिल्लामा आफूलाई अब्बल रुपमा सावित गर्दै आएको ११ वटा स्कुलहरुको सामुहिक समूह एडिफाई प्राइभेट स्कुल अर्गनाइजेशन नेपाल (ईप्सन) ले सदस्य स्कुलहरुको विकास र विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रम गर्दै आएको छ । ईप्सन भक्तपुरमा क्वालिटी स्कुल, सूर्योदय सेकेन्डरी स्कुल, मदरल्याण्ड स्कुल, हिमाल एकेडेमी, ग्लोबल एकेडेमी, पारिजात विद्याकुन्ज, सेन्ट जोन स्कुल, ईडेन गार्डेन, यूनिटी स्कुल, विमल मेमोरियल विद्यापीठ र नगरकोट सनराइज रहेका छन् ।

निकै नै उत्कृष्ट रुपमा सम्पन्न भएको हिज्जे प्रतियोगितामा आयोजक मदरल्याण्ड स्कुलले सहभागिता जनाएको थिएन । प्रतियोगितामा ९ वटा स्कुलका कक्षा ६ देखि ८ का विद्यार्थीहरु ४ जनाको समूहले प्रतिष्पर्धा गरेका थिए । कार्यक्रम डोलेश्वर भिलेज रिसोर्ट सुनपा–८ सिपाडोलको हलमा सम्पन्न भएको उक्त हिज्जे प्रतियोगिता सञ्चालन मदरल्याण्ड स्कुलका राधेश्याम केसी, संजय कासुला, दिलदेवी देउला, विद्या अधिकारी र प्राविधिकमा राधेश्याम कासुलासमेतको शिक्षक टिमले गरेका थिए ।

कार्यक्रममा ईप्सनका सचिव विजय कर्माचार्यले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप हौसला प्रदान गरेको बताए । त्यसैगरी, ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्काले मदरल्याण्ड स्कुलले निकै नै व्यवस्थित र अनुसरणीय कार्यक्रम गर्न सफल भएकोमा शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरुको सफलता नै ईप्सनको जित भएको बताए । समापन कार्यक्रममा सबै सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र, विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । मदरल्याण्डको कार्यकारी सञ्चालक शर्मिला देउजाले ईप्सनका सबै पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot