Logo

रक्षामन्त्री उप्रेतीले सार्वजनिक गरे सय दिने उपलब्धी (पूर्णपाठसहित)



काठमाडौं, ३२ जेठ । रक्षामन्त्री हरि उप्रेतीले पदभार ग्रहण गरेको एक सय दिन पूरा भएको अवसरमा हालसम्मका उपलब्धीहरु सार्वजनिक गरेका छन् । आज (शुक्रबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले मन्त्रालयको नेतृत्व सम्हालेको दिनदेखिका उपलब्धीहरु सार्वजनिक गरेका हुन् ।

मन्त्री अधिकारीले एक महिने कार्यकालका उपलब्धीलाई योजना तथा अन्तर्राष्ट्रिय समन्वय सम्बन्धी, सुशासन, प्रशासन र प्रक्रियामा सरलीकरण सम्बन्धी, व्यवस्थापन, लजिष्टिक तथा सहजीकरण सम्बन्धी, नीतिगत, कानूनी विषय सम्बन्धी कार्य, मानवीय कानून तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी र निरीक्षण र अनुगमन कार्य गरी विभाजन गरेका छन् ।

मन्त्री उप्रेतीले आफ्नो कार्यकालमा चीन सरकारबाट सहयोग स्वरूप प्राप्त भई दर्ता हुन नसकी विगत लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका ९५ वटा सवारी साधनको दर्ता गराउन सफल भएको उल्लेख गरेका छन् ।

उनले नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौ–तराई–मधेस द्रुतमार्गको भौतिक प्रगति ३४ दशमलव ८२ प्रतिशत र वित्तीय प्रगति ३६ दशमलव ०७ प्रतिशत पुगेको जानकारी दिए ।

आयोजनाको समष्टिगत कार्ययोजनाअनुरुप १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म द्रुतमार्गको छ दशमलव पाँच किमीदेखि अन्तिम विन्दु ७० दशमलव ९७७ सम्मको खण्डमा पर्ने १२ वटा निर्माण प्याकेजको खरिद सम्झौता भई कार्यान्वयन चरणमा रहेको जानकारी दिए ।

यस्ता छन् मन्त्री उप्रेतीका सय दिने उपलब्धीः



प्रतिक्रिया दिनुहोस्

Screenshot