Logo

नेपाली टिमलाई ओलीको सान्तवना: खेल जित्न नसकेपनि संसारभर छरिएका नेपालीलाई एक बनायो



काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको छ । सेन्ट भिन्सेन्टको आर्नोस भाले क्रिकेट रंगशालामा भएको खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि नेपालको सुपर-८ को यात्रा समाप्त भएको छ । अर्थात्, नेपाल विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालले खेल जित्न नसके पनि खेलले संसारभर छरिएका नेपालीलाई एक बनाएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले खेलले मन मात्र जितेको नभई सबै नेपालीको मन जोडिदिएको उल्लेख गरेका छन् ।

‘आज एक रन मात्र पुगेन हामीलाई । तर पनि यो खेलले संसारभरि छरिएका हामी नेपालीलाई एक बनाएको छ । आजको खेलले मन मात्र जितेको छैन, हामी सबै नेपालीको मन जोडिदिएको पनि छ । सलाम छ, नेपाली क्रिकेटलाई’, उनले भनेका छन् ।

११६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रनमै समेटिएपछि खेल दक्षिण अफ्रिकाले जितेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot