Logo

रास्वपा फुट्छ भन्नेहरुको कुरा सुन्दा हामी मुसुमुसु हाँस्छौं, रविकै नेतृत्वमा मिसन ८४ सफल पार्छौ: स्वर्णिम वाग्ले



काठमाडौं,१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले पार्टी फुट्छ भन्नेहरुको कुरा सुन्दा आफूहरु मुसुमुसु हाँस्ने गरेको बताएका छन् ।

शनिबार पार्टी स्थापनाको दोस्रो वर्षको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले जसपा विभाजनपछि धेरैले रास्वपा फुट्ने कुरा गरेको तर, त्यस्तो कुनैपनि सम्भावना नरहेको जिकिर गरे ।
उनले मिसन ८४ रास्वपाका सभापति रवि लामिछानेकै नेतृत्वमा सफल पार्ने पनि उद्घोष गरेका छन् ।

वाग्लेले भने ‘अब तिमीहरुको रास्वपा पनि फुट्दैछ भन्नेहरुको कुरा सुन्दा हामी मुसुमुसु हाँस्छौं । रास्वपा के हो भन्ने बुझेकै छैनन् । हामी नीति र नेतृत्वमा प्रष्ट र एक ठाउँमा संगठित छौं । नेतृत्वमा हाम्रो संस्थापक सभापति रवि लामिछानेको विकल्प छैन र उहाँकै नेतृत्वमा मिसन ८४ सफल बनाउँने हो । जलेश्वर बैठकपछि तपाईहरुले हेर्नुभएको छ,नीति र नेतृत्वको बारेमा हामीमा एकरुपता छ’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot