Logo

नेपाली टिमको प्रशंसा गर्दै आईसीसीले लेख्यो: गर्व गर्न लायक प्रदर्शन, आफ्नो शिर ठाडो पार



काठमाडौं,१ असार । आईसीसी टी २० विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकासँगको नमिठो हारपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली टिमको प्रशंसा गरेको छ ।

आईसीसीले सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ ९क्यान० लाई मेन्सन गर्दै लेखेको छ, ‘गर्व गर्न लायक प्रदर्शन, आफ्नो शिर ठाडो पार।’

आज भएको खेलमा नेपाल साउथ अफ्रिकासँग १ रनले पराजित भएको थियो । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट स्थित आर्नोस भाले रङ्गशालामा सम्पन्न दक्षिण अफ्रिकासँगको खेलमा प्रतिद्वन्द्वीसँग नेपालको १ रनले चुकेको हो ।

नेपालले सुरुमा कसिकसाउ बलिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रनमा रोकेको थियो। नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । अन्तिम दुई बलमा रन जोड्न नसक्दा ऐतिहासिक विजयको नजिक भएर पनि नेपाल पराजित भएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot