Logo

कोशी र कर्णालीको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत



काठमाडौं। कोशी प्रदेश र कर्णाली प्रदेश सरकारको बजेट स्वीकृत भएको छ ।

आज बिहान बसेको दुई प्रदेशको बैठकले बजेट स्वीकृत गरेको हो ।

शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८१-८२ को बजेट वक्तव्य प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो । केही बेरमा अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा बजेट पेस गर्ने कार्यक्रम रहेको छ।

यता कोशीमा पनि अर्थमन्त्री राम रानाले बजेट पेश गर्दैछन् । कोशीको प्रदेश सभा बैठक ४ बजेका लागि डाकिएको छ ।

‘कोशी प्रदेश आर्थिक विधेयक, २०८१ र कोशी प्रदेश विनियोजन विधेयक, २०८१ तथा आगामी आर्थिक वर्ष २८०१र८२ को बजेट वक्तव्य, कार्यक्रम पुस्तिका, स्रोत गत र शीर्षकगत व्ययको विवरण एवं मध्यमकालिन खर्च संरचना ९२०८१-८२–२०८३-८४० प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरियो,’ प्रवक्ताद्वारा जारी प्रेस नोटमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot