काठमाडौं,१ असार । कर्णाली प्रदेश सरकारले १६ हजार जनालाई रोजगार दिने उदेश्यसहित मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ठूलो रकम विनियोजन गरेको छ ।
आर्थिक वर्ष ०८१-८२ को लागि विनियोजित बजेट प्रदेश सभामा पेश गर्दै कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले सो कार्यक्रमका लागि १ अर्ब १६ करोड रकम विनियोजन गरेको बताएका छन् । यद्यपी सो कार्यक्रम यसअघि नै विवादमा परिसकेको छ ।
‘गरिबी निवारण र रोजगारी प्रदेश सरकारको जिम्मेवारी भन्ने नारा दिई मुख्यमन्त्री रोजगारमार्फत सबै वडामा सञ्चालन छ,’उनले भने, ‘यो कार्यक्रमबाट १६ हजार बेरोजगारीले आंशिक रोजगारी प्राप्त गर्ने अनुमान गरेको छु ।’