Logo

कर्णालीमा भौतिक पूर्वाधारलाई १० अर्ब ४६ करोड बजेट विनियोजन, अन्य कुन मन्त्रालयलाई कति ?



काठमाडौं,१ असार । कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।

आज बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामलिा तथा योजना मन्त्री महेन्द्र केसीले सो मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १० अर्ब ४६ करोड विनियोजन गरिएको बताएका छन् । यस्तै सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड विनियोजन गरिएको छ ।

मन्त्री केसीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ । कानुन मन्त्रालयलाई आगामी वर्षका लागि २९ करोड ६४ लाख विनियोजन गरिएको छ ।

भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड विनियोजन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot