Logo

गण्डकीमा राप्रपा रिझाउने प्रयासमा मुख्यमन्त्री, पोखरामा पृथ्वीनारायणको सालिक ठड्याउने अर्थमन्त्रीको घोषणा



काठमाडौं,१ असार । २ सांसदसहित सत्ताको साँचो बोकेर बसेको राप्रपाले गण्डकी प्रदेशमा आफ्नो एजेण्डा समावेश गर्न सफल भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाको एजेण्डा अनुसार पोखरामा पृथ्वीनारायण शाहको शालीन पुनः ठड्याउने घोषणा गरिएको छ ।

आज बसेको प्रदेश सभाको बैठकमा अर्थमन्त्री डा टकराज गुरुङले पृथ्वीचोकमा शालीक निर्माण गर्ने र त्यसका लागि बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।

पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायणको सालिक मजदुर आन्दोलनको क्रममा फालिएपछि राप्रपाले त्यहाँ पटक–पटक सालिक स्थापनाको माग गर्दै आइरहेको थियो।

अहिले त्यहाँ नेपालका प्रथम शहीद लखन थापाको सालिक छ। तर, विरोधका कारण त्यो अभियान सफल भएको छैन।

यसैबीच गण्डकीले ३२ अर्ब ९७ करोड बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री गुरुङले चालूतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत छ भने पुँजीगत तर्फ १९ अर्ब ५१ करोड अर्थात ५९ प्रतिशत रहेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot