Logo

लुम्बिनीले ३८ अर्ब ९७ करोडको बजेट ल्याउँदा ५ दिनअघि मन्त्री पाएको सुदूरपश्चिमको कति ?



काठमाडौं,१ असार । नेपालको संविधानले गरेको व्यवस्था अनुसार आज सातै प्रदेशले बजेट सार्वजनिक गरिरहेका छन् । आज दिउँसोदेखि बसेको प्रदेश सभाको बैठकमा प्रदेशहरुले बजेट सार्वजनिक गरिरहेका छन् । कोशी, गण्डकी र कर्णालीको बजेट भाषण सकिएको छ । भेन अन्य प्रदेशको जारी छ ।

यसैबीच लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

उक्त बजेटमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

यता ५ दिनअघि मात्र अर्थमन्त्रालयको जिम्मा पाएका सुरेनद्रबहादुर पालले सुदूरपश्चिम प्रदेशमा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएका छन्। आर्थिक मामिलामन्त्री पालले शनिबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गरेका हुन।

चालुतर्फ कुल बजेटको ३५ प्रतिशत अर्थात् ११ अर्ब ७ करोड १९ लाख ६३ हजार विनियोजन गरिएको छ। यस्तै, पुजीँगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot