Logo

कांग्रेस र एमालेका वडाध्यक्षहरुले बैठक बहिष्कार गरेपछि काठमाडौं महानगरको नगर सभाको बैठक स्थगित



काठमाडौं,२ असार । नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले बैठक बहिष्कार गरेपछि काठमाडौं महानगरको नगर सभाको बैठक स्थगित भएको छ ।

आजका लागि डाकिएको अधिवेशन असार १० गतेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठक सुरु हुनासाथ मेयर बालेन साहले आर्थिक वर्ष २०८१-८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।

लगतै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot