Logo

कार्यपालिका सदस्यलाई बालेनको चेतावनी: कांग्रेस र एमालेको धङधङी बोकेर बैठकमा नआउनु



काठमाडौं,२ असार । नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले बैठक बहिष्कार गरेपछि काठमाडौं महानगरको नगर अधिवेशन स्थगित भएको छ ।

आजका लागि डाकिएको अधिवेशन असार १० गतेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठक सुरु हुनासाथ मेयर बालेन साहले आर्थिक वर्ष २०८१-८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।

लगतै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो ।

यसैबीच नगरसभाको बैठक स्थगित भएपछि मेयर शाहले आक्रोश पोखेरका छन् । बैठक स्थगित भएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अबको बैठकमा एमाले र कांग्रेसको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् ।

उनले लेखेका छन् ‘३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो । काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन । काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot