Logo

प्रचण्डका बालसखा हराउने पीएसनिकट गणेशमानलाई खगराजले सोधे स्प्रष्टीकरण



काठमाडौं,२ असार । सर्वोच्च अदालतको परमादेशपछि सत्ताच्यूत भएका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी आफ्नै सांसदमाथि खनिएका छन् ।

अधिकारीले शनिबार प्रदेश सभाका सदस्य गणेशमान गुरुङलाई स्प्रष्टीकरण सोधेका छन् । उनले ३ दिनभित्र जवाफ दिनभन्दै प्रष्टीकरण सोधका हुन । पार्टीको हवीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण सोधिएको हो ।

एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर, सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् । नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए । संसदीय दलको ह्विप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टिकरण सोधिएको हो ।

यता गुरुङले भने आफू व्यक्तिगत कामका लागि बाहिर जानुपरेपछि बैठकबाट बाहिरिएको बताएका छन् । प्रदेश सभामा आफ्ना कुरा राखेर बाहिरिएका उनले पार्टीले ह्वीप जारी गरेको कुरा साँझपछि मात्र थाहा पाएको जिकिर गरेका छन् । प्रष्टीकरण सोधिएका सांसद गुरुङ एमाले उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट हुन् । केन्द्रमा जस्तै गण्डकीमा अधिकारी र गुरुङ फरक फरक गुटको नेतृत्व गर्ने नेतामा पर्छन । केन्द्रमा केपी शर्मा ओलीनिकट मानिने यी दुई नेतामध्ये गुरुङ उपाध्यक्ष विष्णु पौडेलनिकट हुन् भने अधिकारी महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।

प्रदेशमा रहेका दुई ठूला नेताको व्यक्तिगत र गुटगत राजनीतिको कोपभाजनमा सांसद गुरुङ परेका छन् । उनी एमालेबाट १० वर्षअघि विद्रोह गरेर अशोक राईसँगै पार्टी छाडेर गएका नेता हुन् । पार्टी परित्याग गरेर १० वर्षसम्म जसपा नेपालमा रहेका उनी गत आम निर्वाचनअघिमात्र एमाले फर्किएका हुन् । पीएसकै जोडबलमा जसपा नेपाल गण्डकीको इन्चार्जको जिम्मेवारी त्यागेर एमाले फर्किएका हुन् । उनी कास्की ३ को क बाट माओवादी केन्द्रका दुर्गादत्त भण्डकरीलाई दोब्बरमतले हराउँदै निर्वाचित भएका हुन् ।

गणेशमान तीनै नेता हुन् । जसले प्रदेश सभा निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डका बालसखालाई दोब्बर मतले पाखा लगाएका थिए । गणेशमानसँग पराजित हुने भण्डारी कास्की ढिकुरपोखरीको ल्यावाडेमा जन्मिएका प्रचण्डका बालसखा हुन् । ढिकुरपोखरीबाट प्रचण्ड चितवन सर्नुअघिसम्म भण्डारी बालसखा थिए । प्रचण्डको बालसखा भएकै कारण उनले टिकट पाएको भन्दै चुनावको बेला निक्कै चर्चा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot