Logo

..त्यसपछि गृहमन्त्री लामिछानेले गरे राज्य व्यवस्था समितिको बैठक बहिष्कार



काठमाडौं,२ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बैठक बहिष्कार गरेपछि प्रतिनिधि सभा अन्र्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आज बिहानका लागि बोलाइएको बैठकमा एनजीओले दिएको खाजा ल्याईएपछि लामिछानेले बैठक बहिष्कार गरेका थिए ।

बिहान ८ बजेका लागि बोलाइएको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने विषय थियो ।
बोलाइएको समयमै लामिछाने बैठकस्थलमा पुगेका थिए । तर आजको बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि गृहमन्त्री भड्किएका थिए ।

खाजाको प्याकेटमा चना,फलफुल, जाम-पाउरोटी, अण्डा, आलु भुजुरी आदि थिए । सो खाजा एलएक्सपिटीडी भन्ने संस्थाले उपलब्ध गराएको थियो । सो संस्थाले जनसङ्ख्या र विकाससम्बन्धी काम गर्ने गर्दछ ।

एनजीओको तर्फबाट खाजा उपलब्ध गराएको जानकारी पाएपछि लामिछानेले समितिका सभापति रामहरि खतिवडालाई प्रश्न गरेका थिए । तर, खतिवडाले लामिछानेको प्रशनमा जवाफ दिन चाहेनन् । उनले आन्तरिक स्रोतबाट आएको र कहिलेकाँही यस्तो हुन्छ भनेको स्रोतको भनाई छ । तर, लामिछानेले एनजीओको खाजा खाएर बैठक नबस्ने अडान लिएपछि बैठक स्थगित भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot