Logo

अमरेशको आरोप: माओवादी समाप्त हुने अन्तिम तगारोमा छ, बजेट ३२ सांसदका लागि मात्र हो



काठमाडौं,२ असार । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेकपा माओवादी केन्द्र पतनको बाटोमा पुगेको टिप्पणी गरेका छन् ।आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयमाथिको खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद सिंहले माओवादी समाप्त हुने अन्तिम तगारोमा रहेको हुँदा आगामी आर्थिक वर्षको बजेट ३२ सांसदका लागि मात्र छुट्टयाएको आरोप लगाए । (प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।)

‘यो बजेट केही व्यापारीले बनाएको हो, अर्थमन्त्रीको इन्ट्रेस्टमा । यो बजेट केबल माओवादीका ३२ सांसदका लागि हो । २७५ जना सांसदको भनेर सोच्नु दिवासपना हो,’ सांसद सिंहल भने, ‘किनकि माओवादी पार्टी समाप्त हुने अन्तिम तगारोमा छ । आफ्नो सांसद भएको ठाउँ र जित्न सक्ने ठाउँमा मात्र बजेट खन्याइएको छ । हामीजस्ता निर्दा सांसदकोमा बजेट छैन ।’ 



प्रतिक्रिया दिनुहोस्

Screenshot