Logo

अख्तियारलाई नै डाम्नुपर्ने बेला भइसक्यो: कांग्रेस नेता गौतम (भिडिओसहित)



काठमाडौं, २ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले भ्रष्टाचारका मुद्दामा कांग्रेस, एमाले र माओवादीलगायत कुनै पनि पार्टी नहेरी अनुसन्धान गरिनुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जुनसुकै पार्टीको भएपनि गिरीबन्धु, न्यारोबडी, वाइटवबडी, टेरामक्स, सहकारीलगायतका भ्रष्टाचार मुद्दा छानविन गरेर कारबाही गरिनुपर्ने बताएका हुन् ।

‘यो कांग्रेस, एमाले र माओवादीको कुरै होईन । जुनसुकै पार्टीको भएपनि भ्रष्टाचारको मुद्दा सबैभन्दा सिरियस मुद्दा हो । भ्रष्टाचारको कुरामा गिरीबन्धु, न्यारोबडी, वाइटवबडी, टेरामक्स, सहकारी जुनसुकै होस् । भ्रष्टाचारको विषयमा छानविन गरे भइहाल्यो नि । छानविन गर्ने, थुन्ने, कारबाही गर्ने, पूर्वाग्रह राखेर हाम्रो र अर्काको भन्ने कुरै छैन,’– उनले भने ।

भ्रष्टाचारका विभिन्न प्रकरणमा छानविन नुहँदा आम जनताका बीचमा सत्ताका लागि कांग्रेस, एमाले, माओवादी सबै मिलेका छन् भन्ने न्यारेटिभ स्थापित भइरहेको बताए । उनले अख्तियारले भ्रष्टाचारका मुद्दामा कामै गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । भ्रष्टाचारीलाई डाम्नका लाई बनाइएको अख्तियारलाई नै डाम्ने बेला भएको उनले आक्रोश व्यक्त गरे ।

‘अख्तियारले कामै गरेन । अख्तियारलाई नै डाम्नुपर्ने बेला भइसक्यो । यिनीहरुले काम गर्दिओस् भन्ने पक्षमा छौं । अख्तियारले काम गर्दिए त हुन्थ्यो नि । अख्तियारले राम्रो काम गरे त सबैलाई हाइ सञ्चो हुन्थ्यो । कामै गरेन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot