Logo

विश्वकपमा दक्षिण अफ्रिकासँग कसरी हार्‍यो नेपाल, नाउपा सांसदले दिए यस्तो तर्क



काठमाडौं,२ असार । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो ।

शानदार बलिङ गरेर साउथ अफ्रिकालाई ११५ रनमा रोकन सफल नेपाल जवाफी ब्याटिङमा अन्तिम २ बलमा २ रन जोड्न नसक्दा इतिहास रच्ने मौकाबाट चुक्न पुगेको थियो । इतिहास रच्नेमौका बाट चुकेको नेपाल सो हारबाट समूह चरणबाटै बाहिरिन पुग्यो । अब नेपालले भोलि अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणबाटै बाहिरिएको नेपाललाई सो खेल प्रष्ठिाका लागि मात्र हुने ।

उत्कृष्ट प्रदर्शनका बावजुद पराजित नेपाल र अन्तिम ओभरमा गरेको ब्याटिङलाई लिएर विभिन्न अभिव्यक्तिहरु आइरहेका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शानदार प्रदर्शन भन्दै नेपाली टिमको खुलेर प्रशंसा गर्दा भारतका विभिन्न क्लवले पनि नेपालको प्रदर्शन अभूतपूर्व भनेका छन् ।

यता ेनपाल र साउथ अफ्रिकाबीचको सो म्याचको प्रसंगले संसद्मा पनि प्रवेश पाएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद अरुण चौधरीले नेपालले राती खेल्ने प्राक्टिस नभएर पराजय ब्यहोरेको दाबी गरेका छन् । ‘त्यहा देखिएको कुरा के हो भने विषेश गरेर हाम्रा खेलाडीहरु बाहिर गएर साउथ अफ्रिकाजस्तो बलियो टिसँग खेल्नुपर्ने । र त्यो लेबलको खेल पनि हाम्रा खेलाडीले खुल्न नसकेको अवस्था बन्यो । अर्को हाम्रा खेलाडीलाई राती खेल्ने प्राक्टिस छैन् । जून हिजोको गेम थियो । पक्कै त्यो अध्यारोले गर्दा हाम्रो खेलाडीहरु कतै न कतै भौतारिएको जस्तो देखिएको थियो’ ।

उनले कुनै व्यवस्था गरेर खेल मैदानमा रात्रिकालीन बत्ती राख्ने व्यवस्था गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । ‘खेल मैदानमा, अरु नभएपनि क्रिकेट पिचमा लाइट लगाउने व्यवस्था गर्नु होला, हाम्रा खेलाडीले रातिमा प्राक्टिस गर्न सकुन्,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot