Logo

न्याय परिषद्को सदस्यमा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत नियुक्त



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत न्याय परिषद्को सदस्य नियुक्त भएका छन् ।

परिषद् सदस्य रहेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एक असारमा उमेरहदका कारण अनिवार्य अवकाश भएपछि राउत डा।भट्टराईको ठाँउमा नियुक्त भएका हुन् ।

राउतलाई परिषद् अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार (आज) परिषद् सदस्य नियुक्त गरेका हुन् ।

२०७३ साल साउनमा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका राउत प्रधानन्यायाधीश बन्ने लाइनमा छन् । वर्तमान प्रधानन्यायाधीश श्रेष्ठले १९ असोजमा उमेर हदका कारण अनिवार्य अवकाश लिएपछि राउत २० असोजमा प्रधानन्यायाधीश बन्ने छन् । राउत करिब १८ महिना सर्वोच्चको प्रधानन्यायाधीश हने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot