Logo

लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबीच भेटवार्ता



काठमाडौं, २ असार । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज (आइतबार) प्रदेश प्रमुख कार्यालय बुटवलमा शिस्टाचार भेटघाट भएको हो।

सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आएका मियाँलाई प्रदेश प्रमुख शेरचनले खादा लगाएर स्वागत गरे । सो अवसरमा सुदुरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरे ।

भेटघाटका क्रममा दुवै प्रदेश प्रमुखबीच प्रदेश प्रमुखको कार्यालय सञ्चालनका बारेमा अनुभव आदानप्रदान भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख शेरचनले प्रदेश सञ्चालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंलाए ।

भेटघाटमा लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका कर्मचारी र दुवै प्रदेश प्रमुखको सचिवालयको टोलीको समेत सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot